Kathmandu Press

‘अब देशमा  केही  हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो छ’

‘स्वदेशमै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ। यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । समाजमा गौरव गर्ने कुरा धेरै छन्। केही छैन भन्ने सोच्नु हुँदैन,’ उनले भने।
‘अब देशमा  केही  हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो छ’

काठमाडौं, साउन २६ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा  केही  हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो रहेको बताएका छन्।

कांग्रेस नेता एवं शिक्षासेवी श्यामबहादुर कार्कीको १७औँं स्मृति दिवसका अवसरमा शनिबार बालकोटमा भएको कार्यक्रममा महामन्त्री थापाले जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने बताए। 

Hardik ivf

‘स्वदेशमै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ। यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ । समाजमा गौरव गर्ने कुरा धेरै छन्। केही छैन भन्ने सोच्नु हुँदैन,’ उनले भने।

उनले देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिएको भन्दै त्यसलाई अब चिर्नुपर्नै बताए।

‘देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिदैछ , यसलाई चिर्नुपर्छ,’ उनले भने, ‘विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ।’

महामन्त्री थापाले देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र दश करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको जानकारी दिए। 

उनले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततीको शिक्षा र स्वास्थ्यमा उपयोग गर्ने तयारी रहेको बताए।

प्रकाशित मिति: १९:३९ बजे, शनिबार, साउन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्