Kathmandu Press

‘हस्तक्षेपकारीे नीति नहुँदा हाम्रा संस्थाहरू दुर्बल भइरहेका छन्’

नीतिले हस्तक्षेप गर्नुपर्ने हो, नीतिले हस्तक्षेप नगरेर नेतृत्वले हस्क्षेप गर्ने वा दलको व्यक्तिले हस्तक्षेप गर्ने जुन खालको अवस्था आज देखिएको उनले बताइन्। 
‘हस्तक्षेपकारीे नीति नहुँदा हाम्रा संस्थाहरू दुर्बल भइरहेका छन्’

काठमाडौं, साउन २६ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नीतिले हस्तक्षेप गर्ने ठाँउमा नेतृत्व र दलको व्यक्तिले हस्तक्षेप बढि गरेको बताएकी छन्। 

शनिबार त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको पाँच औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा उनले नीतिमा टेकेर काम गर्ने अवस्था नआए सम्म स्वचालित भन्ने भाषण र भाषा मात्र हुने बताइन्। 

Hardik ivf

‘हरेक क्षेत्र आफैंमा सबल र स्वचालित हुनुपर्छ भनेर भन्छांै भने त्यो क्षेत्रका नीति र कानून चाहिन्छ । यसको साथै त्यसलाई परिचालन गर्नका लागि राजनीतिक संयन्त्र र नेतृत्वहरु सशक्त र क्रियाशिल हुनुपर्छ। तर आजसम्म हस्तक्षेपकारीे नीति नहँुदा हाम्रो संस्थाहरु दुर्बल भइरहेका छन्,’ उनले भनिन्।

नीतिले हस्तक्षेप गर्नुपर्ने हो, नीतिले हस्तक्षेप नगरेर नेतृत्वले हस्क्षेप गर्ने वा दलको व्यक्तिले हस्तक्षेप गर्ने जुन खालको अवस्था आज देखिएको उनले बताइन्। 

उनले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्ने पनि बताइन्। ‘हामीले अब सरकार र विश्वविद्यालयलाई जोड्न सक्नुपर्छ। विश्वविद्यालयको अनुसन्धानलाई सरकारले गरेका कामहरुसँग जोड्न सक्नुपर्छ,’ उनले भनिन्।

विश्वविद्यालयको नीति बनाउँदा सबैभन्दा पहिला कुरा भनेको अनुसन्धान नीति कस्तो हुने त्यसले विश्वविद्यालयलाई कसरी निर्देशन गर्ने भन्ने कुरामा गम्भीर हुन अवाश्यक रहेको उनले बताइन्। 

प्रकाशित मिति: १६:५५ बजे, शनिबार, साउन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्