Kathmandu Press

मानवता र धर्तीको रक्षाको सुनिश्चितता आवश्यक : प्रधानमन्त्री ओली

‘समाज सेवाले जात सोध्दैन, देश सोध्दैन, धर्म सोध्दैन । सबैलाई सद्भाव र समृद्धिको भावले सहयोग गर्नुपर्दछ । यो एकदमै राम्रो काम हो यो राष्ट्रको पक्षमा छ,’ उनले भने।
मानवता र धर्तीको रक्षाको सुनिश्चितता आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं, साउन २६ : प्रधानीमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निस्वार्थ भावनाका साथ गरेको काम नै सहयोग भएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित लायन्स इन्टरनेसनलको जिल्ला  पदस्थापना समारोहमा उनले अरुलाई देखाउनको लागि गरिने काम सहयोग नभएको भन्दै परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्ने बताए । 

Hardik ivf

‘कसैले देख्यो कि देखेन भनेर सानो सहयोग गरेर फोटो खिचेर सामाजिक सञ्जालमा राखेर गरेको काम सहयोग होइन्। परोपकारी, मानवता र इमानको भावका साथ सहयोग गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरुले यो सेवाभावका साथ जुन काम गरिरहनु भएको छ, त्यसमा म तपाईहरुको साथमा छु, अर्थात अहिलेको सरकार लायन्सहरुको साथमा छ।’

उनले यो संस्थाले सेवा दिने क्रममा कसैको जात, देश, धर्म केही नसोध्ने भन्दै सबैलाई सद्भाव र समृद्धिको भावले यसले सहयोग गर्ने बताए। 

‘समाज सेवाले जात सोध्दैन, देश सोध्दैन, धर्म सोध्दैन । सबैलाई सद्भाव र समृद्धिको भावले सहयोग गर्नुपर्दछ । यो एकदमै राम्रो काम हो यो राष्ट्रको पक्षमा छ,’ उनले भने।

देश राम्रो छ तर मानव र समाज नै विग्रिएको भन्दै आजको अवस्थामा मानवताको आवश्यकता भएको पनि उनको भनाई छ। 

प्रकाशित मिति: १६:४९ बजे, शनिबार, साउन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्