Kathmandu Press

टिआरसी विधेयक पीडितमैत्री छ : गृहमन्त्री लेखक

गृहमन्त्री लेखकले टिआरसी विधेयक पीडितमैत्री भएको बताउँदै सबै पीडितलाई एक ठाउँमा लिएर पीडा समाधान गर्नुपर्ने बताए।
टिआरसी विधेयक पीडितमैत्री छ : गृहमन्त्री लेखक

काठमाडौं, साउन २६ : गृहमन्त्री रमेश लेखकले सबैभन्दा बढि कैदीबन्दी जबरजस्तीकरणीका रहेको बताएका छन्।  

शनिबार ‘टिआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरुको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले बलात्कार घटना बढेकाले यसको सजाय कम नहुने बताएका हुन्।

Hardik ivf

‘कारागारमा सबैभन्दा बढी कैदीबन्दी जबरजस्तीकरणीका छन् । रेप भनेको रेप नै हो, बन्दुक बोकेका मान्छेलाई गरेपनि साधारण व्यक्तिलाई गरेपनि रेप भनेको रेप नै हो,’ उनले भने, ‘अरु अपराध भनेका कोही व्यक्ति विशेषका छन्, कोही समाज विरुद्दका अपराधहरु छन्, कोही राज्य विरुद्दका अपराध छन्, तर बलात्कार भनेको त मानवता विरुद्दको अपराध हो।’

यी पीडाहरुलाई हामीले अनुभव गरेर अगाडि बढ्न सके बलात्कारलाई देशमा कम गर्न सकिने उनले बताए। 

गृहमन्त्री लेखकले टिआरसी विधेयक पीडितमैत्री भएको बताउँदै सबै पीडितलाई एक ठाउँमा लिएर पीडा समाधान गर्नुपर्ने बताए। कानून जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताए।
 

प्रकाशित मिति: १३:०६ बजे, शनिबार, साउन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्