Kathmandu Press

काठमाडौंका यी क्षेत्रमा आज पाँच घण्टा विद्युत अवरुद्ध हुने 

थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ। 
काठमाडौंका यी क्षेत्रमा आज पाँच घण्टा विद्युत अवरुद्ध हुने 

काठमाडौं, साउन २६ : काठमाडौंको थानकोट क्षेत्रमा शनिबार पाँच घन्टा विद्युत् अवरूद्ध हुने भएको छ। 

नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत सेवा अवरूद्ध हुने जानकारी दिएको हो। 

Hardik ivf

प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने कामका लागि फिडर सटडाउन गर्नुपर्ने भएकाले ती क्षेत्रमा बत्ती जाने जानकारी दिएको छ। 

थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुल लगायतका क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ। 

निर्धारित समय अगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुरु हुने प्राधिकरणले जनाएको छ। 

प्रकाशित मिति: ०७:३७ बजे, शनिबार, साउन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्