Kathmandu Press

६ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

आज राति देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा कोशी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।
६ प्रदेशमा मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौं, साउन २६ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

Hardik ivf

आज देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा कोशी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मिति: ०८:४० बजे, शनिबार, साउन २६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्