Kathmandu Press

कारागारमा आत्मसमर्पणपछि शर्माले दिए सर्वोच्चमा पुनरावेदन 

डिल्लीबजार कारागारमा उपस्थित भएलगत्तै शर्माले विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। 
कारागारमा आत्मसमर्पणपछि शर्माले दिए सर्वोच्चमा पुनरावेदन 

काठमाडौं, साउन २५ : भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका तत्कालिन सहसचिव चुडामणि शर्माले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन्।

डिल्लीबजार कारागारमा उपस्थित भएलगत्तै शर्माले विशेष अदालतको फैसला उल्ट्याउनुपर्ने मागसहित सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन्। 

Hardik ivf

बिगो र जरिवानावापतको रकम धरौटी राखेर पुनरावेदन गर्न पाइने कानुनी व्यवस्था रहेका कारण विशेषबाट ठहर भएको विगो बापतको करिब ६ अर्ब रुपैयाँ धरौटी राख्न नसकेपछि आत्मसमर्पण गरेर सर्वोच्चमा पुनरावेदन गरेको जनाइएको छ। 

विशेष अदालतले २०८० साल असार ५ गते कर फर्स्यौटको भ्रष्टाचार प्रकरणमा शर्मा सहित तीन जना पदाधिकारीलाई दोषी ठहर गर्दै जनही ९ वर्ष कैद सजाय हुने फैसला गरेको थियो।

ढकालसहित कर फर्स्र्योट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत, सदस्यहरु उमेश ढकाल र सदस्य सचिव रहेका आन्तरिक राजस्व विभागमा तत्कालीन महानिर्देशक रहेका शर्मा दोषी ठहर भएका थिए। 

विशेषले ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८४९ रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो। धरौटीबापत ठूलो रकम बुझाउनुपर्ने भएका कारण शर्माले कारागारमा आत्मसमर्पण गरेर सर्वोच्च गएको जनाइएको छ। 

प्रकाशित मिति: २०:१० बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्