Kathmandu Press

न्याय परिषदद्वारा ३५ जना जिल्ला न्यायाधीशमा सिफारिस

परिषद्को निर्णय अनुसार न्यायाधीशमा सिफारिस हुनेमा जिल्ला न्यायाधिवक्ताहरु नारायण रिमाल, यामबहादुर बानियाँ, धर्मराज पौडेल, उपन्यायाधियक्ताहरु रुद्रप्रसाद सुवेदी, सुवर्णमान बनेपाली, उपसचिव टंकबहादुर महत, उच्च अदालत दिपायलका रजिस्ट्रार तीर्थराज भट्ट र महेन्द्रनगर इजलासकी सरिता रायमाझी छिन्।
न्याय परिषदद्वारा ३५ जना जिल्ला न्यायाधीशमा सिफारिस

काठमाडौं, साउन २५ : न्याय परिषद्को शुक्रबार बसेको बैठकले ३५ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिसको निर्णय गरेको छ।

परिषद्को निर्णय अनुसार न्यायाधीशमा सिफारिस हुनेमा जिल्ला न्यायाधिवक्ताहरु नारायण रिमाल, यामबहादुर बानियाँ, धर्मराज पौडेल, उपन्यायाधियक्ताहरु रुद्रप्रसाद सुवेदी, सुवर्णमान बनेपाली, उपसचिव टंकबहादुर महत, उच्च अदालत दिपायलका रजिस्ट्रार तीर्थराज भट्ट र महेन्द्रनगर इजलासकी सरिता रायमाझी छिन्।

यस्तै, उपसचिव प्रतिमाकुमारी भट्टराई पोखरेल, मेघनाथ चापागाई, हरिसिंह धामी, अरुण कुमार झा, रोल्पा अदालत स्रेस्तेदार शिवप्रसाद पराजुली, सर्वोच्च अदालतका इजलास अधिकृतहरु लालसिंह थापा र जयन्ती अवस्थी भट्ट पनि जिल्ला न्यायाधीशमा सिफारिस भएका छन्।

न्याय परियषद्ले शम्भुप्रसाद रेग्मी, दीपेन्द्रनाथ योगी, दुर्गाप्रसाद बस्याल, दीपक धिताल, मीनबहादुर कुँवर, इन्द्रकुमार खड्का, नवराज कार्की, डोलनाथ न्यौपाने, दुर्गाप्रसाद भट्टराई र ईश्वर आचार्य पनि सिफारिस गरेको छ।

यसैगरी उपरजिस्ट्रार मोहनबहादुर अधिकारी, ठाकुरप्रसाद पौडेल, ऋतबहादुर पुलामी मगर, सुनसरी अदालत स्रेस्तेदार नारदप्रसाद भट्टराई, फैसला कार्यान्वयन अधिकारी गोपालप्रसाद थापा, कालिकोट जिल्ला अदालत स्रेस्तेदार चन्द्रदेव भारती, सर्वोच्च अदालत संपादक दीक्षा प्रधानांग, सिन्धुपाल्चोक अदालत स्रेस्तेदार शारदादेवी पौडेल र राजस्व न्यायाधिकरण काठमाडौं स्रेस्तेदार देवी चौधरी पनि जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएकी छन्।

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्