Kathmandu Press

भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल भ्रमणमा आउने

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेका हुन्।
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल भ्रमणमा आउने

काठमाडौं, साउन २५ : भारतीय विदेश सचिव विक्रम मिश्री आइतबार नेपाल भ्रमणमा आउने भएका छन्।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री दुई दिने नेपाल भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

Hardik ivf

भ्रमणका क्रममा सचिव मिश्रीसँग नेपाल–भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमण सकेर मिश्री साउन २८ गते भारत फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्