Kathmandu Press

सहकारी छानबिन समितिमा तामाङ र राईसँग गरियो सोधपुछ

शुक्रबार सिंहदरबारमा बसेको बैठकपश्चात उनले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिएका हुन्।
सहकारी छानबिन समितिमा तामाङ र राईसँग गरियो सोधपुछ

काठमाडौं, साउन २५ : संसदीय सहकारी छानबिन समितिका सभापति सूर्य थापाले शुक्रबारको बैठकमा दुईवटा संस्थाका प्रतिनिधिसँग सोधपुछ गरिएको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको बैठकपश्चात उनले गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बरबहादुर तामाङ र गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमान सिंह राइसँग सोधपुछ गरेको जानकारी दिएका हुन्।  

Hardik ivf

‘आजको बैठकमा दुईवटा संस्थाका प्रतिनिधित्व गर्ने दुइजना व्यक्तिसँग सोधपुछ गरियो। त्यसमा गोरखा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष डम्बर बहादुर तामाङसँग सोधपुछ गरेका छौं,’ उनले भने, गोरखा सेभिङ तथा क्रेडिट सहकारी संस्थाका अध्यक्ष इमानसिंह राइसँग सोधपुछ गरेका छौं।’

ऋणिहरूबाट ऋण उठाउने र ऋण असुलीका लागि सरकार, बैंक, समस्याग्रस्त व्यवस्थापन समितिले सहयोग गर्ने हो भने सहकारी अगाडि बढाउन सकिन्छ दुवैको धारणा रहेको पनि उनले जानकारी दिएका छन्।

यसको साथै, लालीगुरास र गौतमश्री थप संस्थाका जिम्मेवार अध्यक्षहरुसँग सोधपुछ गर्नेक्रम जारी रहेको पनि उनको भनाई छ।

प्रकाशित मिति: १९:०६ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्