Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने

बैठकमा सदस्यहरुको धारणा राख्नेक्रम जारी रहेकोको साउन २८सम्म बैठक तयारी भइरहेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।
कांग्रेस केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने
Hardik ivf

काठमाडौं, साउन २५ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ। बैठक सापेनास्थित पार्टी केन्द्रीय कार्यालयमा साउन २४ गत जारी छ।

बैठकमा सदस्यहरुको धारणा राख्नेक्रम जारी रहेकोको साउन २८सम्म बैठक तयारी भइरहेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए।

‘२३ गतेदेखि चलेको केन्द्रीय समितिको बैठकमा सुरुको दिनमा पदाधिकारीहरुको तर्फबाट महासमितिका प्रस्तावहरु जुन परिमार्जनसहति पास गर्नुपर्ने थियो त्यो प्रस्तुत भयो,’ उनले भने, ‘समसामयिक विषयवस्तु र संगठन परिचालन सम्बन्धी विषयहरु पनि प्रस्तुत भयो। यसमाथि आफ्नो धारणा राख्ने क्रम जारी छ।’ 

प्रकाशित मिति: १८:३० बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्