Kathmandu Press

जोरपाटीस्थित धागो फ्याक्ट्रीमा आगलागी

बुद्धिबहादुर कार्कीले सञ्चालन गरेकाे मनकामना वुल क्राडिङ प्रालि फ्याक्ट्रीमा लागेको निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
जोरपाटीस्थित धागो फ्याक्ट्रीमा आगलागी

काठमाडौं, साउन २५ : काठमाडौंको जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको छ।

गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी रहेकाे धागो फ्याक्ट्रीमा शुक्रबार दिउँसो साढे ४ बजेबाट लाग्न सुरू भएकाे प्रहरीले जनाएकाे छ।

Hardik ivf

बुद्धिबहादुर कार्कीले सञ्चालन गरेकाे मनकामना वुल क्राडिङ प्रालि फ्याक्ट्रीमा लागेको निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

अहिले प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ। आगोनियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको ३ वटा दमकल र ललितपुर महानगरपालिकाका दमकल परिचालन गरिएको छ।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्