Kathmandu Press

संविधान संशोधनमार्फत अधिकारका विषय सम्बोधन हुनेछ : मन्त्री सिंह

‘अधिकार दिने विषयमा जुन कमी कमजोरीहरु भइरहेको छ र समाजमा उठेका असन्तुष्टीका कुराहरु छन्, त्यसलाई समाधान गर्नको लागि संविधान संशोधन गरेर समाजमा राम्रो वातावरण बनाउनको लागि यो सरकारले आफ्नो कामहरु अगाडि बढाउने छ भन्ने कुरा भन्न चाहन्छु,’ उनले भने।
संविधान संशोधनमार्फत अधिकारका विषय सम्बोधन हुनेछ : मन्त्री सिंह

काठमाडौं, साउन २५ : उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजमा सबैको लागि सहज वातावरण निर्माण गर्ने हिसाबले वर्तमान सरकार अगाडि बढेको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित विश्व आदिवासी जनजाति दिवस मूल समारोहमा उनले अधिकारका विषयमा उठेका सवाल र कमी कमजोरीहरुलाई सम्बोधन गर्दै समाजमा राम्रो वातावरण बनाउनको लागि अघि बढेको बताएका हुन्। 

Hardik ivf

‘अधिकार दिने विषयमा जुन कमी कमजोरीहरु भइरहेको छ र समाजमा उठेका असन्तुष्टीका कुराहरु छन्, त्यसलाई समाधान गर्नको लागि संविधान संशोधन गरेर समाजमा राम्रो वातावरण बनाउनको लागि यो सरकारले आफ्नो कामहरु अगाडि बढाउने छ भन्ने कुरा भन्न चाहन्छु,’ उनले भने।
 
संविधानको पालना गराउन, संविधानमा अपूरो भएका कुराहरुलाई पूरा गर्न र निश्चित विधि र प्रक्रियाबाट संविधान संशोधन गर्नको लागि वर्तमान सरकार बनेको मन्त्री सिंहको भनाई थियो। 

सिंहले प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्ने पनि बताए।

‘प्राप्त भएको अधिकार सुरक्षित गर्दै यसलाई कार्यान्वयन गर्ने बाटोमा अगाडि बढ्नुपर्छ। अधिकार दिलाउने र दिलाएको कुरालाई बिर्सिने काम गर्नु हुँदैन,’ उनले भने, ‘नयाँ संविधान जारी भएको छ, संविधानको भावना र मर्म अनुरुप शासन व्यवस्थामा पनि पालना गर्ने र संविधानले दिएको अधिकारलाई कुन कुन तहलाई दिने हो त्यो अनुसारको कानून बनाएर अधिकारहरु दिनुपर्छ।’ 

प्रकाशित मिति: १७:०९ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्