Kathmandu Press

सामुुदायिक वन विकास कार्यक्रमले ३३ लाख घरधुरी लाभान्वित छन् : मन्त्री शाही

शुक्रबार सामूदायिक वन दिवसको अवसर बोल्दै उनले २३ हजार बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदुपयोग गरिरहेको बताएका हुन्।
सामुुदायिक वन विकास कार्यक्रमले ३३ लाख घरधुरी लाभान्वित छन् : मन्त्री शाही

काठमाडौं, साउन २५ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित भएको बताएका छन्।

शुक्रबार सामूदायिक वन दिवसको अवसर बोल्दै उनले २३ हजार बढी सामुदायिक वन र  उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र  सदुपयोग गरिरहेको बताएका हुन्।  

उनले नेपालले सामुदायिक वन व्यवस्थापन प्रणालीबाट प्राप्त गरेका उपलब्धिहरु विश्वमा नै उदाहरणीय रुपमा रहेको बताए।

उनले वन व्यवस्थापन कार्यक्रमले हरियाली वृद्धि गर्न, वनको हस्तक्षेपमा सुधार ल्याउन, जैविक विविधता संरक्षण गर्न र जलाधार क्षेत्रको संरक्षण गर्न ठुलो सहयोग गरेको दाबी गरे।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्