Kathmandu Press

कोरोना बिरुद्धको राजनीतिकरण अन्त्य गर्न डब्ल्युएचओको आग्रह 

काठमाडौं, चैत्र २७ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको राजनीतिकरण अन्त्य गर्न आग्रह गरे....

कोरोना बिरुद्धको राजनीतिकरण अन्त्य गर्न डब्ल्युएचओको आग्रह 

काठमाडौं, चैत्र २७ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का प्रमुख टेड्रोस अदानोम घेब्रियेससले कोभिड नाइन्टिन विरुद्धको राजनीतिकरण अन्त्य गर्न आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओले चीनको पक्षमा काम गरेको आरोप लगाएपछि डब्ल्युएचओ प्रमुखले यस्तो आग्रह गरेका हुन् ।

टेड्रोसले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राखेर महामारीविरुद्ध एक हुन अपिल पनि गरे । डब्ल्युएचओले संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै ट्रम्पले अमेरिकी सहयोग रोक्ने चेतावनी दिएका थिए ।

Hardik ivf

ट्रम्पले अमेरिकामा कोरोना भाइरसको महामारी फैलनुमा डब्लुएचओले आफूलाई दिएको गलत सूचना कारक रहेको आरोप समेत लगाएका थिए । महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको समेत खुलाएका छन् ।

‘म ज्यान मार्ने धम्कीप्रति खेद प्रकट गर्छु, किनकि, मैले मानिसहरुको जीवन बचाउनु छ, ६० हजार मानिसले ज्यान गुमाए जस्तै मसँग समय छैन,’ टेड्रोसले बताए । 

प्रकाशित मिति: ०८:२२ बजे, बिहीबार, चैत २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्