Kathmandu Press

‘निरोगी नेपाल’ अभियान संचालन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

उनले अस्पतालमा आकास्मिक सेवालाई प्रभावकारी बनाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउने व्यवस्था गर्न निर्देशन दिए।
‘निरोगी नेपाल’ अभियान संचालन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, साउन २५ : प्रधानमन्त्री केपी ओलीले ‘निरोगी नेपाल’को अवधारणाबाट स्वास्थ्य क्षेत्रका नीति र कार्यक्रम  कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई  निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार साँझ भएको  स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, समाधानका उपाय र आगामी एक सय दिनभित्र गर्न सकिने कार्यक्रमबारेको छलफलमा प्रधानमन्त्री ओलीले राज्यको बजेट न्यून भएको अवस्थामा भौतिक र मानसिक स्वास्थ्यका क्षेत्रमा निरोधात्मक र उपचारात्मक विधिलाई प्राथमिकता दिने गरी कार्यक्रम निर्माण गर्न निर्देशन दिएका हुन्।

Hardik ivf

प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई आवश्यक सेवा सुविधा उपलब्ध गराइ बिरामीको सेवा  परिचालन गर्न समेत सुझाए।

उनले अस्पतालमा आकास्मिक सेवालाई प्रभावकारी बनाउन र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई थप जिम्मेवार बनाउने व्यवस्था गर्न निर्देशन दिए।

स्वास्थ्य र अन्य क्षेत्रमा अनावश्यक उपकरण तथा औषधि खरिद गर्ने र थन्क्याउने काम भइरहेको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीले राज्यको स्रोत र साधनको दुरुपयोग अन्त्य गर्न निर्देशन समेत निर्देशन दिएको ओलीको सचिवालयले जनाएको छ।

 

प्रकाशित मिति: ११:२६ बजे, शुक्रबार, साउन २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्