Kathmandu Press

‘हवाई सेवा सुरक्षित बनाउन योजनाबद्ध काम भइरहेको छ’

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधानका उपाय पहिल्याउन सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको स्पष्ट पारे।
‘हवाई सेवा सुरक्षित बनाउन योजनाबद्ध काम भइरहेको छ’

काठमाडौं, साउन २४ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली आकाशमा लगातार हवाई दुर्घटना हुनु चिन्ताको विषय भएको बताएका छन्।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधानका उपाय पहिल्याउन सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको स्पष्ट पारे।

Hardik ivf

हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुनेतर्फ सरकार सचेत रहेको उल्लेख गर्दै सरकारका प्रवक्ता गुरुङले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सरकार प्रतिबद्ध रहेको बताए।

बुधबारको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा भएको हेलिकप्टर दुर्घनाको सत्यतथ्य पत्ता लगाउन आयोग गठन गरिसकेको जानकारी दिँदै उनले आयोगको सिफारिसका आधारमा यस क्षेत्रमा देखिएका कमिकमजोरी सुधारिने विश्वास दिलाए।

प्रकाशित मिति: १९:४३ बजे, बिहीबार, साउन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्