Kathmandu Press

जटिल प्रकारका रोगीलाई एक लाख रुपैयाँले पुग्दैन : मन्त्री पौडेल

‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ। जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ,’ उनले भने।
जटिल प्रकारका रोगीलाई एक लाख रुपैयाँले पुग्दैन : मन्त्री पौडेल

काठमाडौं, साउन २४ : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने बताएका छन्।

बिहीबार राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनले जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले नपुग्ने बताएका हुन्।

‘दीर्घरोगी बिमितका निम्ति सुविधाको सिलिङ बढाइने छ। जटिल प्रकारका रोगीलाई अहिलेको एक लाख रुपैयाँसम्मको सुविधाले पुग्दैन, यसलाई पनि बढाउनु आवश्यक छ,’ उनले भने।

उनले सञ्चालनमा नआएका स्वास्थ्य संस्था छिटो भन्दा छिटो संचालनमा ल्याउन लागेको बताए।

उनले सेवा सुविधा प्रदान गरिरहेका र प्रभावकारी हुन नसकेका अस्पतालहरुमा  सेवा सुविधा प्रभावकारी बनाउनको लागि जनशक्ति थप गरिने बता ।   

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, साउन २४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्