सिग्देललाई प्रधान सेनापतिको कार्यभार, शर्मा भोलिबाट बिदामा
प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सिग्देललाई कामु प्रधानसेनापतिको कार्यभार सुम्पिएका छन्।काठमाडौं, साउन २४ : बलाधिकृत रथी अशोकराज सिग्देलले प्रधान सेनापतिको कार्यभार पाएका छन्।
प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सिग्देललाई कामु प्रधानसेनापतिको कार्यभार सुम्पिएका छन्।
भदौ २५ गोतबाट अनिवार्य अवकाशमा जान लागेका शमा भोलिबाट बिदा बस्दै छन्। सहायक सेनानीबाट सैनिक सेवामा प्रवेश गरेका उनले करिब ४१ वर्ष बिताएका छन्।
प्रधान सेनापति शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यवहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरे।
उनले सिग्देललाई सफल कार्यकालका लागि शुभकामना सहित बधाई समेत दिएका छन्।
प्रकाशित मिति: १७:४० बजे, बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












