सुनको मूल्य बढ्दा, चाँदीको घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो।
काठमाडौं, साउन २४ : नेपाली बजारमा (आज) बिहीबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रूपैयाँले बढेको हो।
बुधबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ४६ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको छ।
आज चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा १ हजार ७ सय १० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर १ हजार ६ सय ९० रूपैयाँमा कारोवार भइरहेको छ।
प्रकाशित मिति: १२:१६ बजे, बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1764753058.png)
-1764751301.jpg)
