बेलायतमा एकैदिन ९ सयको मृत्यु
काठमाडौं, चैत्र २७ : बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकड....

काठमाडौं, चैत्र २७ : बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ ।
संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको स्थिती गम्भीर छ भने हालसम्म १ सय ३५ जना निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, चैत २७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार