Kathmandu Press

काठमाडौंबाट उडेको ३ मिनेटमै हेलिकप्टरको टावरसँग सम्पर्कविच्छेद

नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी दिएको छ।
काठमाडौंबाट उडेको ३ मिनेटमै हेलिकप्टरको टावरसँग सम्पर्कविच्छेद

काठमाडौं, साउन २३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि टावरसँग सम्पर्कविच्छेद भएको बताएको छ।

नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गर्दै दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको जानकारी दिएको छ।

Hardik ivf

‘३ मिनेटपछि काठमाडौं टावससँग सम्पर्क विच्छेद भइ काठमाडौं जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

दुर्घटनामा चार चिनियाँ नागरिक सहित ५ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ। हेलिकप्टर लुक्लाबाट काठमाडौंमा अवतरण गरेपछि रसुवातर्फ उडेको थियो। रसुवाबाट ५ जना यात्रु लिएर काठमाडौँ फर्किने तालिका रहेको जनाइएको छ।

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्