Kathmandu Press

भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचे : अध्यक्ष दाहाल

‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो, त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराए र ति भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे। मध्यरातमा लुकेर, छिपेर, ढाँटेर सरकार गठन गरे,’ उनले भने।
भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचे : अध्यक्ष दाहाल

काठमाडौं, साउन २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सरकारमा इतिहासमै नभएका फाइलहरु खुल्दा माओवादीलाई बाहिर लखेट्ने काम भएको बताएका छन्।

बुधबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र हुम्लाको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारमा संलग्न रहेका दलहरु मिलेर माओवादीलाई बाहिर लखेट्ने प्रपञ्च रचिएको बताएका हुन्।

Hardik ivf

‘यो सरकारले भ्रष्टाचारकाविरुद्ध नेपालको इतिहासमै नभएका फाइलहरु खोलेर कारवाही अगाडि बढायो, त्यसकारण भ्रष्टाचारीहरु माओवादीसँग डराए र ति भ्रष्टहरु मिलेर माओवादीलाई सरकार बाहिर लैजाने प्रपञ्च रचे। मध्यरातमा लुकेर, छिपेर, ढाँटेर सरकार गठन गरे,’ उनले भने।

उनले नेपाली  जनताको लागि प्रतिनिधिसभाको बैठकमा बोलेको सबै कुरा सत्य भएको बताएका छन्। उनले सरकारबाट छोड्दै गर्दा देशमा एउटा भाष्य  बनेका समेत  बताए।

‘अहिले हामी पार्टीको  नेतृत्वको  सरकारबाट विश्वासको मत  लिने क्रममा मैले  प्रतिनिधिसभामा जे सम्बोधन गरेको थिएँ, त्यो प्रतिनिधिसभालाई  मात्र होइन हाम्रो  पार्टीका तमाम नेता कार्यक्रता र नेपाली जनतालाई यो  देशका सबै उत्पीडित वर्गलाइ, जाती, क्षेत्र, लिंग र समूदायलाई एउटा नयाँ क्रान्तीको लागि गरिएको अपिल हो,’ उनले भने।

प्रकाशित मिति: १६:११ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्