Kathmandu Press

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनियाँसहित ५ जनाको मृत्यु

चार जना चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरस्थित डाँडामा ठोक्किएर झरेके प्रत्यक्षदर्शीले बताएका छन्।
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा चार चिनियाँसहित ५ जनाको मृत्यु

नुवाकोट, साउन २३ : नुवाकोटको शिवपुरी–७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु हुने ५ जनामध्ये चारजना चिनियाँ नागरिकरहेको पुष्टी भएको छ।

बुधबार दिउँसो १ बजेर १४ मिनेटमा एयर डाइनेस्टीको हेलिकप्टर त्रिभुवन विमानस्थलबाट उडेको जनाइएको छ। चार जना चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरस्थित डाँडामा ठोक्किएर झरेके प्रत्यक्षदर्शीले बताएका छन्।

दुर्घटनाग्रस्त हेलिकप्टरबाट ४ पुरुष र १ महिलाको शव भेटिएको छ। हेलिकप्टर खोल्सामा परेका कारण शव निकाल्न गाह्रो भइरहेको प्रहरीले जनाएको छ।

चिनियाँ पर्यटकलाई काठमाडौंबाट स्याफ्रुबेंसी लगिँदै थियो। मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेको खुलेको छ। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर आगो लाग्दै खोल्सामा झरेको थियो।

 

प्रकाशित मिति: १६:०६ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्