Kathmandu Press

पूर्वसभामुख सापकोटाको मुद्दामा फैसलाको तयारी

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी संलग्न संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरको छ।
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसलाको तयारी

काठमाडौं, साउन २३ : सर्वोच्च अदालतको संवैधानिक इजलासमा नेकपा माओवादीका नेता तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको व्यक्ति हत्या प्रकरणको मुद्दामा बुधबार फैसला लागि पेशी तय भएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी संलग्न संवैधानिक इजलासले फैसला सुनाउने तयारी गरको छ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या आरोपमा चलेको मुद्दामा कारबाहीको मागसहित मृतक पत्नी पूर्णिमाया लामाले रिट दिएकी थिइन्। आफ्ना पति अर्जुन लामालाई २०६२ सालमा सापकोटासमेतले अपहरण गरी हत्या गरेको किटानी जाहेरी दिए पनि कारबाही अघि नबढेको दाबी लामाको छ।

यो फैसलासँगै सशस्त्र द्वन्द्वका समयमा घटेको घटनालाई सत्यनिरुपण आयोगमार्फत निरुपण गर्ने वा सामान्य अदालतमा न्यायिक प्रक्रिया अघि बढ्ने भन्ने टुंगो लाग्ने छ।

प्रकाशित मिति: १५:०४ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्