Kathmandu Press

सहिद गङ्गालाल फाउन्डेसनले अन्तर विद्यालय कला–साहित्य प्रतियोगिता गर्ने

संस्थाका महासचिव सुर्यदीप प्रसाद श्रेष्ठका अनुसार नेपालको सांस्कृतिक विविधता र सम्पदामा केन्द्रित रहने प्रतियोगितामा निबन्ध, कविता, बक्तृत्वकला र चित्रकला गरी चार विधामा प्रतिस्पर्धा हुनेछ।
सहिद गङ्गालाल फाउन्डेसनले अन्तर विद्यालय कला–साहित्य प्रतियोगिता गर्ने

काठमाडौं, साउन २३ : सहिद गङ्गालाल फाउन्डेसनको आयोजनामा उपत्यका स्तरीय कला साहित्य अन्तर विद्यालय प्रतियोगिता आयोजना हुने भएको छ।

‘रचनात्मक क्षितिज : सहिदप्रति सम्मान’ कार्यक्रम अन्तर्गत फाउण्डेसनले उक्त प्रतियोगिता गर्न लागेके हो । सांस्कृतिक सचेतना, प्रतिभा पहिचान, सामुदायिक संलग्नता र बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ।

संस्थाका महासचिव सुर्यदीप प्रसाद श्रेष्ठका अनुसार नेपालको सांस्कृतिक विविधता र सम्पदामा केन्द्रित रहने प्रतियोगितामा निबन्ध, कविता, बक्तृत्वकला र चित्रकला गरी चार विधामा प्रतिस्पर्धा हुनेछ।

Hardik ivf

आगामी भाद्र १४ गते हुने सो प्रतियोगिता अन्तर्गत चित्रकलामा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहनेछ । अन्य तीन विधामा ८ देखि १० कक्षाका विद्यार्थीको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुनेहरूलाई नगद १० हजार रूपैयाँसहित पुरस्कृत गरिनेछ भने दोस्रो र तेस्रो प्रतियोगी पनि पुरस्कृत हुने छन्।

प्रतिस्पर्धामा प्रथम हुनेहरूले माघ १६ मा हुने सहिद दिवसको मूल समारोहमा आफ्नो बक्तृत्वकला प्रस्तुत गर्नेछन् । विजयी भएका चित्रकला सोही कार्यक्रममा प्रदर्शनमा राखिनेछ । साथै, पुरस्कृत निबन्ध र कविता संस्थाको जर्नलमा प्रकाशित गरिनेछ।

आयोजकले जनाए अनुसार भाद्र १४ गते काठमाडौं भृकुटीमण्डपस्थित वाल्मीकि क्याम्पसमा हुने यो प्रतियोगितामा सहभागी हुन चाहने विद्यालयले यही साउन ३२ गतेसम्ममा आफ्नो नाम दर्ता गरिसक्नुपर्ने छ।

हरेक विधामा एक विद्यालयबाट दुई विद्यार्थी सामेल हुन सक्नेछन् । सामुदायिक विद्यालयले निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । निजी विद्यालयको हकमा ५ हजार रुपैयाँ शुल्क लाग्नेछ । इच्छुक विद्यालयले संस्थाको टेलिफोन ०१५३८८११३ मा मार्फत् सम्पर्क गर्न आयोजकले आग्रह गरेका छन्।

जहानिया राणाशासनका विरुद्ध छेडिएको आन्दोलनका कान्छा र विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको स्मृतिमा स्थापित सहिद गङ्गालाल फाउन्डेसनले शिक्षा र संस्कृतिमा काम गर्दै आएको छ।

उक्त संस्थाले गत बर्ष सामुदायिक विद्यालयहरूमा साइबर सुरक्षा, मनोबैज्ञानिक सिकाइ र बित्तीय साक्षरतालगायत सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रम संचालन गरेको थियाे ।

प्रकाशित मिति: १४:३१ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्