Kathmandu Press

टीआरसीमा सहमतिसहितको प्रतिवेदन नयाँ सरकारको राम्रो सुरुवात हो : अध्यक्ष दाहाल

उनले लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय निष्कर्षमा पुगेको भन्दै खुसी पनि व्यक्त गरेका छन्।
टीआरसीमा सहमतिसहितको प्रतिवेदन नयाँ सरकारको राम्रो सुरुवात हो : अध्यक्ष दाहाल

काठमाडौं, साउन २३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहजीकरणका लागि गठित राजनीतिक दलको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन तयार हुनु नयाँ सरकारको राम्रो सुरुवात भएको बताएका छन्।

बुधबार प्रधानमन्त्री कार्यलयमा भएको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा प्रतिवेदन बुझाउने क्रममा उनले यसलाई एउटा राम्रो काम भन्ने ठानेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्।

Hardik ivf

‘नयाँ सरकार गठन भएपछिको यसलाई मैले एउटा राम्रो काम भन्ने ठान्छु र सरकारलाई पनि धन्यवाद भन्न चहान्छु। यसलाई संसदको समिति र सदनमा पनि यसै पटक जाओस् र यसलाई टुङ्गाइयोस्,’ अध्यक्ष दाहालले भने, ‘आम नेपाली जनतालाई पनि शान्ति, स्थायित्व र प्रगतीतिर जाने ढोका अझ राम्रोसँग खुलेको सन्देश दिइयोस् भन्ने मेरो चहाना छ र सरकारसँग यसको लागि आग्रह गर्न चहान्छु।’

उनले लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय निष्कर्षमा पुगेको भन्दै खुसी पनि व्यक्त गरेका छन्।

‘वेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन ७१ लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा कार्यदलले समझदारीका साथ एउटा प्रतिवेदन बुझाएको छ,’ उनले भने, ‘लामो समयदेखि छलफलमा रहेको सहमतिको नजिक पुगेर पनि निष्कर्ष दिन कठिन भएको यो विषय अहिले जुन मेहनतका कार्यदलले पीडितमैत्री बनाउँदै निष्कर्षमा लागिएको छ यो सबैको लागि खुसीको कुरा हो।’

प्रकाशित मिति: १३:१६ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्