Kathmandu Press

सबै दलहरु मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौं : गृहमन्त्री लेखक

बुधबार टीआरसी विधेयकमा सहजिकरण गर्न बनेको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताए।
सबै दलहरु मिलेर सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकेका हौं : गृहमन्त्री लेखक
फाइल तस्बिर।

काठमाडौं, साउन २३ : गृहमन्त्री रमेश लेखकले सबै दलहरु मिलेर नै सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्न सकिएको बताएका छन्।  

बुधबार टीआरसी विधेयकमा सहजिकरण गर्न बनेको कार्यदलले तयार पारेको सहमतिसहितको प्रतिवेदन शीर्ष नेतालाई बुझाउँदै उनले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गरिसकेपछि मुलुकले विभिन्न उपलब्धिहरू प्राप्त गरेको बताए।

Hardik ivf

‘हामीले एउटा ठुलो उपलब्धि सबै दलहरू मिलेर प्राप्त गरेका छौं भन्ने हामीलाई लागेको छ, किन भने धेरै लामो समयदेखि हामीले सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्यौं, शसस्त्र द्वन्द्व शान्तिमा रुपान्तरण भइसकेपछि मुलुकले धेरै महत्वपूर्ण उपलब्धिहरू प्राप्त गरेको छ, उनले भने।

साथै उनले संविधानको सफल कार्यान्वयन भएको समेत उल्लेख गरे। उनले आर्थिक सामाजिक रुपले पनि मुलुक अगाडि बढेको बताए।

प्रकाशित मिति: १३:०५ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्