Kathmandu Press

टीआरसी सम्बन्धी कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझायो

बुधबार बिहान कार्यदलका सदस्यहरूले रमेश लेखक, महेश बर्तौला र जनार्दन शर्माले प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाई बुझाएको हो।
टीआरसी सम्बन्धी कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझायो

काठमाडौं, साउन २३ : संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउन गठित सहजीकरण कार्यदलले सहमति जुटाएर तयार पारेको प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ।

कार्यदलले आफ्नो प्रतिवेदन आज सिंहदरबारमा दलका शीर्ष नेतालाई बुझाएको हो। बुधबार बिहान कार्यदलका सदस्यहरूले रमेश लेखक, महेश बर्तौला र जनार्दन शर्माले प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लाई बुझाएको हो।

Hardik ivf

टिआरसी विधेयकमा विवादित विषयमा कार्यदलले एक साताअघि सहमति जुटाइसकेको थियो। विधेयकमा लामो समयदेखि दलहरुबीच विवाद थियो।

द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भन्ने विषय दलहरुबीच मतभेद थियो। तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच भएको छलफलमा मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति भएको थियो।

अब शीर्ष नेताले प्रतिवेदन अध्ययन गरेर आवश्यक सुझाव दिएपछि समितिमार्फत अघि बढाएर संसद् चालु अधिवेशनबाटै विधेयक पारित गरिने बताइएको छ।

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, साउन २३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्