बडिगाड पहिरोका घाइते सबैको उद्धार
स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्याउन सकिएको थिएन।
बागलुङ, साउन २३ : बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीन जनाको उद्धार भएको छ। उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ।
स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। हाल चारजना बेपत्ता छन् । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पुर्याउन सकिएको थिएन।
नेपाली सेनाका स्वास्थ्यकर्मीले उनीहरूको उपचार गरेका थिए।
तीन जना गम्भीर घाइतेलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले बताए। अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको छ।
प्रकाशित मिति: ११:५० बजे, बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)