Kathmandu Press

सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन बुधबार तीन शीर्ष नेतालाई बुझाइने

प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको हो।
सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन बुधबार तीन शीर्ष नेतालाई बुझाइने

काठमाडौं, साउन २२ : सङ्क्रमणकालीन न्यायसम्बन्धी तयार पारिएको विधेयकको प्रतिवेदन भोली (बुधबार) प्रधानमन्त्री केपी ओलीसहित तीन शिर्ष नेतालाई बुझाइने भएको छ।

प्रधानमन्त्री ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको हो।

Hardik ivf

कार्यदलमा कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखक, माओवादीका उपमहासचिव जनार्दन शर्मा र नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला थिए।

सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) सम्बन्धी विधेयकमा सहमति जुटेसँगै संसद्को चालु अधिवेशनबाटै विधेयक पारित हुने संभावना बढेको छ।

कार्यदलले राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनहरू र नजीरहरूको अध्ययन गरी प्रतिवेदन तयार पारेको छ । अब तीन शिर्ष नेताहरुले पास गरेपछि अन्य नेतालाई प्रतिवेदन बुझाइने र अध्ययनपछि प्रतिनिधि सभामा पेश हुने छ।

प्रकाशित मिति: १९:५० बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्