Kathmandu Press

३४ जिल्लामा आज र भोलि भारी वर्षाको प्रक्षेपण, रात्रि बस सञ्चालनमा रोक

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाएको हो।
३४ जिल्लामा आज र भोलि भारी वर्षाको प्रक्षेपण, रात्रि बस सञ्चालनमा रोक

काठमाडौं, साउन २२ : भारी वर्षा हुनसक्ने भन्दै सरकारले मंगलबार र बुधबार विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाएको हो।

Hardik ivf

भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न समेत सर्वसाधारणलाई आग्रह गरिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पाँच वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ। सोही आधारमा प्राधिकरणले ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा, म्याग्दी, बाग्लुङ्ग, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग र गोरखामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाएको हो।

यसैगरी रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएका अन्य जिल्लामा कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडी पनि छन्।

रातिकोसमयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भन्दै सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा यातायातमा रोक लगाउनुपरेको प्राधिकरणले जनाएको छ।

भारी वर्षा हुने प्रक्षेपण गरिएका यी जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि जिल्लाहरूका तीनवटै सुरक्षा निकायहरु तयारी अवस्थामा रहने निर्णय समेत भएको छ।

 

प्रकाशित मिति: १९:२६ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्