Kathmandu Press

मिडिया काउन्सिलको नाम आम सञ्चार परिषद् राख्ने सहमति

मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर समिति सदस्यहरूले संशोधन प्रस्ताव हालेका थिए।
मिडिया काउन्सिलको नाम आम सञ्चार परिषद् राख्ने सहमति

काठमाडौं, साउन २२ : राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा ‘मिडिया काउन्सिल विधेयक २०८०’ को नाम आम सञ्चार परिषद् विधेयक राख्ने विषयमा सहमति जुटेको छ।

विधेयकमाथि मंगलबार भएको दफाबार छलफलपछि सहमती जुटेको हो। मिडिया काउन्सिल नाम अंग्रेजीबाट भएको भन्दै नामलाई नेपालीकरण गर्नका लागि भनेर समिति सदस्यहरूले संशोधन प्रस्ताव हालेका थिए।

समितिमा सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि नामलाई नेपालीकरण गर्न सरकार तयार रहेको बताए।

समिति सभापति जयन्तीदेवी राईले मिडिया काउन्सिल विधेयकको नाम आमसञ्चार परिषद् विधेयक राख्न सहमती जुटेको बताउँदै परिवर्तित नाम अनुरुप बाँकी प्रक्रिया अगाडि बढाइने बताइन्।

भाषा जोगाउने उद्देस्यले नाम नेपालीकरण गरिएको भनाई सभापति राईको छ। उनले कुनै हालतमा सरकारले नियन्त्रण गर्ने ढंगले विधेयक ल्याउन नहुने पनि बताइन्।

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्