भारत काभा महिला भलिबल लिगको फाइनलमा
मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो।
काडमाडाैं, साउन २२ : भारत नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार दिउँसो त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो।
भारतले श्रीलंकामाथि ३–० सोझो सेटमा जित निमाल्यो। पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१६ ले जितेको भारतलाई तेस्रो सेट जित्न निकै संघर्ष गर्नुपरेको थियो। उसले तेस्रो सेट २५–२३ले जित्यो।
अब भारतले बुधबार हुने फाइलनमा नेपाल र इरानबीचको विजेतासँग खेल्ने छ। नेपाल र इरानबीचको खेल केहीबेरपछि सुरु हुनेछ।
प्रकाशित मिति: १६:४८ बजे, मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












