त्रिशुली बस दुर्घटनाबारेको प्रतिवेदन कार्यान्वयनमा ल्याइने
उनले सडक दुर्घटना एकदमै संवेदनशिल विषय भएको भन्दै यस्ता किसिमका दुर्घटनाहरु न्यूनिकरण गर्न सरकार सबै उपायहरु अबलम्बन गर्न तयार रहेको पनि बताए।-1722941814.jpg)
काठमाडौं साउन २२ : गृहमन्त्री रमेश लेखकले त्रिशुलीमा बस दुर्घटनाबारे छलफल गर्न बनेको अध्ययन समितिको प्रतिवेदनलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार त्रिशुलीमा भएको बस दुर्घटनाबारे मन्त्रालयमा भएको छलफमा उनले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।
‘त्रिशुलीमा भएको बस दुर्घटनाबारे छलफल गर्न बनेको समितिको प्रतिवेदन प्राप्त भएको छ। प्रतिवेदनलाई पनि अध्ययन गरेर यसमा उल्लेख भएका जतिपनि सुझावहरु छन्, तिनीहरुलाई सम्बन्धित निकायलाई पठाउने र त्यसको कार्यान्वयन गराइने छ,’ उनले भने, ‘मन्त्रालयले गर्नुपर्ने सुझावहरुलाई पनि कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्न चहान्छु।’
उनले सडक दुर्घटना एकदमै संवेदनशिल विषय भएको भन्दै यस्ता किसिमका दुर्घटनाहरु न्यूनिकरण गर्न सरकार सबै उपायहरु अबलम्बन गर्न तयार रहेको पनि बताए।
‘सडक दुर्घटना रोक्नुपर्छ, यसका लागि उचित उपायहरु अबलम्बन गर्नुपर्छ भनेर पहिलो पटक समिति नै बनाएर अध्ययन गरेका छौं,’ उनले भने, ‘यस्ता किसिमका दुर्घटनाहरु न्यूनिकरण गर्न आवश्यक छ । घटना नहुने सुनिश्चितता गर्न आवश्यक छ। यसका लागि सरकारले सबै उपायहरु अबलम्बन गर्ने छ।’












