Kathmandu Press

सडक निर्माणको लापरबाहीका कारणा सिमलताल दुर्घटना : कार्यदल

प्रतिवेदनमा सिमलतालमाथिको पहाडी क्षेत्रमा सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ सडक बनाउँदा भएको लापरवाहीलाई दुर्घटनाको कारण दर्शाइएको छ।
सडक निर्माणको लापरबाहीका कारणा सिमलताल दुर्घटना : कार्यदल

काठमाडौं, साउन २२ : चितवनको सिमलताल दुर्घटनाबारे अध्ययन गर्न गठित कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ।

गृहमन्त्री लेखकले अध्ययन प्रतिवेदनका लागि सहसचिव छवि रिजाल नेतृत्वको कार्यदल गठन गरेका थिए।

Hardik ivf

प्रतिवेदनमा सिमलतालमाथिको पहाडी क्षेत्रमा सिमलताल–बाङ्गेसाल–डुम्रेगाउँ सडक बनाउँदा भएको लापरवाहीलाई दुर्घटनाको कारण दर्शाइएको छ। प्रतिवेदनले कमजोर भूगोल तथा अत्यधिक क्रस स्लोप भएको र इन्जिनियरिङ डिजाइन बिनाको सडक बनाउँदा बर्सातमा त्यसको असर देखिएको उल्लेख गरेको छ।

गत असार ३१ गते गृहमन्त्री लेखकले कार्यदल बनाएका थिए। प्रतिवेदनमा सडक बनाउँदा वातावरणीय पक्षको ध्यान नदिएको र सडक सुरक्षासम्बन्धी एकीकृत सूचना प्रणालीको विकाश नहुनुलाई दुर्घटनाको कारक मानिएको छ।

गत असार २८ गते दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता हुँदा ४० जना यात्रुको अवस्था अझै अज्ञात भने २५ जनाको शव भेटिएको छ।

प्रकाशित मिति: १६:३८ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्