Kathmandu Press

सरकारले भ्रष्टाचारीको अनुहार हेर्दैन, कसैलाई छाड्दैन : प्रधानमन्त्री ओली

राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताए।
सरकारले भ्रष्टाचारीको अनुहार हेर्दैन, कसैलाई छाड्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, साउन २२ : प्रधानमन्त्री केपी ओलीले सरकारले भ्रष्टाचारको कुरामा कसैको अनुहार हेरेर क्षमा दिने काम कदापी नगर्ने बताएका छन्।

मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकार प्रतिशोधका लागि नभई अर्थतन्त्रमा र समाजको सुधारको लागि भएको भन्दै भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज नगर्ने बताए।

Hardik ivf

‘भ्रष्टाचारको विषयमा सरकारले कुनै कम्प्रमाइज गर्दैन। कसैले कसुर ग¥यो भने मुख हेरेर अनुहार हेरेर कसुरमा क्षमा गर्ने काम सरकारले गर्दैन। अर्को कुरा अहिलेको सरकार प्रतिशोधका लागि होइन, अर्थतन्त्रमा र समाज सुधार एवम विकासको गति ल्याउनको लागि हो,’ उनले भने,‘त्यसैले यसले कसैप्रति आग्रह पूर्वाग्रह राख्ने कसैप्रति अनावश्यक अनुचित झुटा कुरा उचाल्ने वा  कसैलाई दुःख दिने खालको काम पनि गर्दैन् । कसैले भ्रष्टाचार ग¥यो भने अनुहार पनि हेरिर्दैन। कोही उम्किन पनि पाउँदैन।’

उनले कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भनेर तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको पनि उनले बताए।

‘करको दर बढाएर, मात्रा र दायरा फराकिलो बनाएर पनि हुँदैन। कर महशुल जस्तो कुरामा कुनै प्रकारको अनियमितता वा छली हुन नपाओस् भन्ने कुरा सरकारले बुझेको छ,’ उनले भने, ‘तदअनुसार नै भ्रष्टाचारको रुपहरु पहिचान गर्ने काम सरकारले गरिरहेको छ।’

 

प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्