Kathmandu Press

बागलुङको बडिगाडमा पहिरोमा परी ८ जनाको मृत्यु

बडिगाड गाउँपालिका, वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी आठ जनाको मृत्यु भएको हो।
बागलुङको बडिगाडमा पहिरोमा परी ८ जनाको मृत्यु

बागलुङ, साउन २२ : बागलुङको बडिगाड गाउँपालिकामा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ।

बडिगाड गाउँपालिका, वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी आठ जनाको मृत्यु भएको हो।

Hardik ivf

बडीगाड गाउँपालिका १० मा घरगोठ बगाउँदा मृत्यु हुनेमा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२÷१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी वडा नं. ९ मा गएको पहिरोमा परी १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ।

प्रकाशित मिति: १५:४८ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्