Kathmandu Press

‘संसद बिजनेसविहीन भयो, विधेयकहरु चाँडो टुंगो लगाउनुपर्छ’

मंगलबार संघीय संसदअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संसद बिजनेसविहीन भएको भन्दै छलफलका क्रममा रहेका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताएका हुन्।
‘संसद बिजनेसविहीन भयो, विधेयकहरु चाँडो टुंगो लगाउनुपर्छ’

काठमाडौं, साउन २२ : कानून न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याउनुपर्ने बताएका छन्।

मंगलबार संघीय संसदअन्तर्गत कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संसद बिजनेसविहीन भएको भन्दै छलफलका क्रममा रहेका विधेयकहरु छिटो टुंग्याउनुपर्ने बताएका हुन्।

Hardik ivf

‘अहिले संसद बिजनेसविहीन भएको छ। भोलि नै केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र विधायनसम्बन्धी विधेयकमा छलफल गरौं। अहिले मन्त्रालयमा गएपछि अन्य मन्त्रीज्यूहरुसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने, ‘सबैसँग छलफल गरेर केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंग्याउन सक्यो भने सजिलो हुन्थ्यो भन्ने मेरो धारणा छ।’

सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको समिति बैठकमा आज केही नेपाल ऐनलाई संसोधन गर्न बनेको विधेयक र बिधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भएको हो।

छलफलमा नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले कानून कार्यान्वयनकोख विषयमा जनतामा अन्यौलता र समस्या भइरहेको भन्दै अब आउने कानूनहरुमा गहन छलफल आवश्यक रहेको बताए।

‘कानून कार्यान्वयनको विषयमा हुँदै नभएका विषयमा इन्टेन्सन जोडिदा नागरिकले केही असहजताहरु भोगिरहेका छन्,’ उनले भने, ‘नागरिकलाई दुःख दिनेगरि र अन्यौलता हुने खालका कानूनमा रह्यो भने समस्या हुने हुँदा सरकारले ल्याएको यो विधेयकमा छलफल गरेर अघि बढ्न आवश्यक छ।’
 
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सन्तोष परियारले कानून कसले बनाउने हो भन्ने विषयमै सांसदहरुमा अलमल रहेको उल्लेख गर्दै कानून समितिले नै बनाउने विषयमा स्पष्ट गर्नुपर्ने बताए।

प्रकाशित मिति: १५:४५ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्