Kathmandu Press

देशभर कालोबजारी रोक्न सरोकार समितिको निर्देशन

‘तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्दैै बजार अनुगमन तथा प्रभावकारी रुपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छौं,’ उनले भने।
देशभर कालोबजारी रोक्न सरोकार समितिको निर्देशन

काठमाडौं, साउन २२ : काठमाडौं संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले देशभरी गुणस्तरीय बस्तु तथा सेवा सहज आपूर्तिको व्यवस्था गरी कालोबजारी रोक्नका लागि निर्देशन दिएको छ।

मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले बजारमा दैनिक उपभोग्य तथा अत्ति आवश्यक बस्तुहरुको सेवामा हुने गरेको मूल्य वृद्धि र कालोबजारीले आम नागरिकहरुलाई समस्यामा पारेको भन्दै कालोबजारी रोक्नका लागि निर्देशन दिएको सभापति सोनाम गेल्जेन शेर्पाले जानकारी दिए।

Hardik ivf

‘बजारमा दैनिक उपभोग्य तथा अत्ति आवश्यक बस्तुहरुको सेवामा हुने गरेको मूल्य वृद्धि कालोबजारीले आम नागरिकहरुलाई भएको समस्यामा भइरहेको छ । नेपालको संविधानले प्रत्याभुत गरेको मौलिक हकको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न वा गराउन देशभरी गुणस्तर बस्तु तथा सेवा सहज आपूर्तीको व्यवस्था गरी कालोबजारी रोक्न जरुरी छ,’ उनले भने।

चाडपर्व अगाडिदेखि नै मूल्य वृद्धि रोक्नका लागि बजार अनुगमन गर्न र सहज पहुँच हुनेगरी सुपथ मूल्यमा प्रत्येक पसलमा मुल्य सूचि अनिवार्य राख्ने व्यवस्था गर्नु जरुरी रहेको सभापति शेर्पाले बताए।

‘तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्दैै बजार अनुगमन तथा प्रभावकारी रुपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेका छौं,’ उनले भने।

समितिले सहज पहुँच हुने गरी सुपथ मूल्यमा प्रत्येक पसलमा मुल्य सूचि अनिवार्य राख्ने व्यस्था गर्न र तीन तहका सरकारबीच सहकार्य र समन्वय गर्दैै बजार अनुगमन तथा प्रभावकारी रुपमा सञ्चालन गरी उपभोक्ता हित संरक्षण गर्न मन्त्रालयलाई निर्देशन दिने पनि निर्णय गरेको छ।

प्रकाशित मिति: १४:४७ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्