Kathmandu Press

बागलुङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।
बागलुङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

बागलुङ, साउन २२ : बडिगाड गाउँपालिका–१० आरुपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीनजना बेपत्ता भएका छन्।

जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए।

घटनास्थल पुग्ने सडक अवरुद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताए।

केही सयमा प्रहरी घटनास्थल पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए।

यस्तै, बागलुझकै बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिराेले ४ घर पुरिँदा १५ वर्षीय विधान परियारको मृत्यु भएको हो।

प्रकाशित मिति: १४:१८ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्