वरिष्ठ उद्योगपति अग्रवालको निधन
अग्रवालको ७७ वर्षको उमेरमा सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो। अग्रवाल मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत हुन्।
काठमाडौं, साउन २२ : संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको निधन भएको छ।
अग्रवालको ७७ वर्षको उमेरमा सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो। अग्रवाल मारवाडी सेवा समितिका पूर्वअध्यक्ष समेत हुन्।
अग्रवाल ६ दशदेखि विभिन्न उद्योग व्यवसायमा क्रियाशील थिए। उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन्।
नेपाल उद्योग परिसङ्घले मंगलबार एक शोक विज्ञप्ति निकालेर अग्रवालप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । स्वर्गिय अग्रवालका उनका श्रीमती, दुई छोरा र एक छोरी छन्।
उनको आज पशुपति आर्यघाटमा दाहासंस्कार गरिने भएको छ।
प्रकाशित मिति: १२:३० बजे, मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)