Kathmandu Press

गुल्मीमा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु

पहिरोमा पुरिएर ६७ वर्षीय हुकुम विक, उनका छोरा ४६ वर्षीय गोरे विक, हुकुमकी बहिनी ६६ वर्षीया मसुरी विक र नातीनी अढाइ वर्षकी रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
गुल्मीमा पहिरोले २ वटा घर पुर्दा ४ जनाको मृत्यु

गुल्मी, साउन २२ : अबिरल वर्षापछि आएको पहिरोले २ वटा घर पुर्दा गुल्मीमा ४ जनाको मृत्यु भएको छ।

मुसिकोट नगरपालिका वडा नं. १ बिसौनास्थित विष्णु विक र हुकुम विकको घर पहिरो पुरिँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षापछि घरमाथीबाट आएको लेदोसहितको पहिरोले मंगलबार बिहान दुई वटा घर पुरेको थियो।

पहिरोमा पुरिएर ६७ वर्षीय हुकुम विक, उनका छोरा ४६ वर्षीय गोरे विक, हुकुमकी बहिनी ६६ वर्षीया मसुरी विक र नातीनी अढाइ वर्षकी रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा परी ३१ वर्षीय विष्णु विक र उनकी श्रीमती २३ वर्षीया मुना विक घाइते भएका छन्।

प्रकाशित मिति: १३:११ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्