Kathmandu Press

ओलम्पिक पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

अमेरिका २१ स्वार्ण, ३० रजत र २८ कास्यसहित कुल ७९ पदकसहित शीर्ष स्थानमा उक्लिएको हो।
ओलम्पिक पदक तालिकामा अमेरिका शीर्ष स्थानमा

काठमाडाैं, साउन २२ : अकेरिका जारी पेरिस ओलम्पिकको पदक तालिकाको शीर्ष स्थानमा फर्किएको छ। अमेरिका २१ स्वार्ण, ३० रजत र २८ कास्यसहित कुल ७९ पदकसहित शीर्ष स्थानमा उक्लिएको हो।

अमेरिकाले सबैभन्दा धेरै स्विमङमा ८ स्वर्ण जितेको छ। स्विमिङमा उसले १३ रजत र ७ कास्य पनि जितेको छ। यस्तै, आर्टिस्टिक जिम्न्यास्टिक र एथ्लेटिक्समा समान ३ स्वार्ण जित्दा फेन्सिङमा २ स्वर्ण जितेको छ।

Hardik ivf

यता, २१ स्वर्ण नै जितेको चीन अमेरिका पछ्याउँदै दोस्रो स्थानमा छ। उसले १८ रजत र १४ कास्यसहित कुल ५३ पदक जितेको छ। चीनले सुटिङमा सर्वाधिक ५ स्वर्ण जित्दा डाइभिङमा ४ र टेबल टेनिसमा ३ स्वर्ण जितेको छ। उसले स्विमिङमा २ स्वर्ण, ३ रजत र ७ कास्यसहित सर्वाधिक १२ पदक जितेको छ।

पदक तालिकामा आयोजक फ्रान्स १३ स्वर्ण, १६ रजत र १९ कास्यसहति कुल ४८ पदक जित्दै तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको अस्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र ८ कास्यसहित ३३ पदक जितेको छ।

यस्तै, १२ स्वर्ण, १३ रजत र १७ कास्यसहित ४२ पदक जितेको बेलायत पाँचौं स्थानमा छ। ११ स्वर्ण, ८ रजत र ७ कास्य जितेको दक्षिण कोरिया छैठौं र १० स्वर्ण, ५ रजत र ११ कास्य जितेको जापन सातैं स्थानमा छ।

प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्