बागलुङमा पहिरोमा चार घर पुरिए, एकजनाको मृत्यु
भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो।बागलुङ, साउन २२ : बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पहिरोले एउटा घर पुरिएको छ भने एकजनाको मृत्यु भएको छ।
भीमगोठस्थित इलाका प्रहरी कार्यालयका अनुसार पहिरोमा परी १५ वर्षीय विधान परियारको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।
बडिगाड गाउँपालिका–१० दर्लिङमा तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।
ती घरमा मानिस भएन–भएको यकिन हुन बाँकी रहेको वडा नं ९ का वडाअध्यक्ष कृष्ण बहादुर केसीले बताए।
प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफवाह फैलाउने १० युट्युब च्यानल परे कारबाहीमासोमबार, मंसिर १०, २०८१
कोशीका सांसद लिलाबल्लभ अधिकारी हिरासतमुक्तसोमबार, मंसिर १०, २०८१
एक वर्षदेखि रिक्त धितोपत्र बोर्डले पायो नेतृत्व, सन्तोषनारायण श्रेष्ठ अध्यक्ष नियुक्तसोमबार, मंसिर १०, २०८१
प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजातिसोमबार, मंसिर १०, २०८१