Kathmandu Press

‘शहरलाई बस्न योग्य बनाउनका लागि धेरै काम गर्न बाँकी छ’

शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उनको भनाई थियो।
‘शहरलाई बस्न योग्य बनाउनका लागि धेरै काम गर्न बाँकी छ’

काठमाडौं, साउन २२ : उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले केही गर्नकै लागि संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको बताएका छन्।

मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरुसँगको अनौपचारिक भेटघाटका क्रममा मन्त्री सिंहले यस्तो बताएका हुन्। उनले सरकारमा जानका लागि मात्र यो सरकार नबनेको पनि बताए।

Hardik ivf

‘आशा निराशामा परिणत हुँदै गइरहेको कारणले गर्दा संसदको सबैभन्दा ठुलो र दोस्रो ठुलो दल मिलेर सरकार गठन गरेको कुरा तपाईंहरुलार्ई थाहा नै छ। सरकारमा जानका लागि मात्र यो गठबन्धन बनेको होइन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘संसदमा सम्माननीय प्रधानमन्त्रीज्यूले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ। सरकारले केही न केही त गर्नैपर्यो भन्ने यसको राजनीतिक सन्देश हो।’

उपप्रधानमन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्न योग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताए। शहरी विकास मन्त्रालयको कामकारवाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिररहेको उनको भनाई थियो।

देशैभरका शहरमा रहेको कनेक्टिभिका समस्या, फोहोरमैला व्यवस्थापनका समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उनले मन्त्रालयले शहरी विकास र व्यवस्थापनसम्बन्धि नीति आवश्यक्ताअनुसार समाय सापेक्ष बनाउने पनि बताए।

 

प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, साउन २२, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्