साउन २५ गते नेपालमा विश्व आदिवासी दिवस मनाइने
महासंघ महासचिव दिवस राईले ‘स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण’ भन्ने संयुक्त राष्ट्रसंघको मूल नारा सहित ३०औं विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिए।
काठमाडौं, साउन २१ : नेपाल आदिवासी जनजाति महासंघले साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने भएको छ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गरी महासंघ महासचिव दिवस राईले ‘स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण’ भन्ने संयुक्त राष्ट्रसंघको मूल नारा सहित ३०औं विश्व आदिवासी दिवस मनाउन लागेको जानकारी दिए।
उनका अनुसार भृकुटिमण्डपदेखि सुरु हुने उक्त कार्यक्रममा आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृक्तिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, जातीय भेषभुषासहित प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरिनेछ।
शुकबार नेपालका आदिवासी जनजातिहरुका मातृभाषा र लोक भाकामा बनेका गीतहरु, सांस्कृतिक झाँकीहरु, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषासहित राजधानीको मध्यभाग भृकुटीमण्डपको प्रदर्शनीमार्गदेखि प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिहरुको भव्य प्रस्तुतिलाई प्रतिविम्वित उनले बताए।
उनका अनुसार साँस्कृतिक झाँकीसहितको र्याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ।












![टियुमा संयुक्त विद्यार्थी संंगठनको प्रदर्शन [तस्बिहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-7_6660a5dd-1777364151.jpg)