पर्यटनमन्त्री पाण्डेले कार्यतालिका बनाएर काम गर्ने
उनले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्नेगरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिएका छन्।
काठमाडौं, साउन २१ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले एक महिने कार्यतालिका सार्वजनिक गरेका छन्।
सोमबार आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तीय विकास समस्या समितिको बैठकमार्फत मन्त्रालयको कार्यलाई प्रभावकारी बनाउन एक महिने कार्यतालिका सार्वजनिक गरेका हुन्।
उनले आगामी महिनादेखि प्रत्येक बुधबार मन्त्रालयका विभागस्तरीय छलफल गर्नका लागि कार्यतालिका सार्वजनिक गरेका हुन्। उनले मन्त्रालयले बोकेका लक्ष्य र उद्देश्य हासिल गर्नका लागि युद्वस्तरमा काम गरिरहेको बताए।
उनले आगामी भदौ महिनाको पहिलो बुधबार ५ गते संस्कृति महाशाखा, १२ गते पर्यटन महाशाखा, १९ गते नागरिक उड्डयन र महिनाको अन्तिम बुधबार संयुक्त रूपमा छलफल गर्नेगरि तयारी गर्न सचिव र महाशाखा प्रमुखलाई निर्देशन समेत दिएका छन्।
त्यसैगरी उनले देश सिस्टममा नबस्दा जनताहरूले दुख पाएको बताउँदै सिस्टममा लैजानका लागि कर्मचारीलाई प्रोत्साहन र उत्प्रेरणा दिनुपर्ने बताए।
उनले आर्थिक अनियमितता र भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम राख्नका लागि काम गर्ने अठोट समेत व्यक्त गरे।