Kathmandu Press

‘सेयर बजारमा ‘बुलिस ट्रेन्ड’ देखिनु स्वाभाविक होइन’

सेयर मार्केटमा गति देखिए पनि ‘बुलिस ट्रेन्ड’ हुनुलाई सहज र स्वाभाविक रूपमा लिन नसकिने बताउँदै डा. महतले यसमा चलखेल भएको रहेको भन्दै बजार ‘म्यानुपेलसन’ हुने सम्भावना रहेको बताए।
‘सेयर बजारमा ‘बुलिस ट्रेन्ड’ देखिनु स्वाभाविक होइन’

काठमाडौं, साउन २१ : नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा केही संस्थाको मूल्य आस्वभाविक रूपमा बढेको भन्दै सरकार र नियामक निकायको ध्यानाकर्षण गराएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै डा. महतले केही व्यक्तिको चलखेलको मारमा सेयर बजार र कारोबार परेको जिकिर गरे।आमलगानीकर्ताको ठूलो रकम सेयर बजारमा फस्ने सम्भावना बढेको उनले बताए।

Hardik ivf

सेयर मार्केटमा गति देखिए पनि ‘बुलिस ट्रेन्ड’ हुनुलाई सहज र स्वाभाविक रूपमा लिन नसकिने बताउँदै डा. महतले यसमा चलखेल भएको रहेको भन्दै बजार ‘म्यानुपेलसन’ हुने सम्भावना रहेको बताए।

‘केही चलखेलकर्ताहरूले म्यानुपुलेसन गर्ने प्रशस्त सम्भावनाहरू देखिएको छ। कतिपय संस्थाको जसरी सेयरमा भाउ बढेको छ, त्यो स्वाभाविक रूपमा बढेको छैन,’ उनले भने, ‘त्यसको स्ट्रेन्थको आधारमा त्यसले कति नाफा देखिएको छ, त्यो बढ्ने आधार के हो? त्योबिना नै सेयर मार्केट ट्रिपलसम्म भएको छ।’

केही व्यक्तिको ‘इन्साइडर ट्रेडिङ’का कारण आमलगानीकर्ता फस्ने सम्भावना बढ्दै गएको उनको भनाई थियो।

‘केही व्यक्तिहरूले चलखेल गर्ने इन्साइडर ट्रेडिङ भन्छन्, त्यो किसिमको सूचनामा प्रवेश प्राप्त गरेर दुरुपयोग गर्ने र आमलगानीकर्ताले यसमा लगानी गर्दा फाइदा हुन्छ भनेर ठूलो लगानी गर्ने अनि आमलगानीकर्ता फस्ने अवस्था निर्माण हुन सक्दछ,’ उनले।

केही संस्थाहरूको सेयर मूल्य अस्वाभाविक भाउ बढेको भन्दै डा. महतले त्यसमा त्यसप्रति गम्भीर रूपमा सरकारले ध्यान दिन आवश्यक भएको औंल्याए।

प्रकाशित मिति: १७:४२ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्