Kathmandu Press

बंगलादेश रहेका नेपाली विद्यार्थीको सुरक्षा गर्न परराष्ट्रमन्त्रीको निर्देशन

ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएपछि उनले त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन्।
बंगलादेश रहेका नेपाली विद्यार्थीको सुरक्षा गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं, साउन २१ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपाली विद्यार्थीको सुरक्षामा लाग्न नेपाली ढाकास्थित नेपाली दूतावासलाई निर्देशन दिएकी छिन्।

आइतबारबाट पुनः सुरु भएको आन्दोलन अहिले बंगलादेशमा चर्किएको छ। मन्त्री डा. राणाले त्यहाँ रहेका नेपालीलाई पर्नेसक्ने अप्ठेरोप्रति जानकार रही उनीहरूको सुरक्षामा सक्रिय रूपमा लाग्न दूतावासलार्य निर्देशन दिएकी हुन्।

ढाकास्थित नेपाली राजदूतसँग टेलिफोनमार्फत त्यहाँको पछिल्लो अवस्थाका बारेमा आज जानकारी लिएपछि उनले त्यहाँ रहेका नेपालीहरूको आवश्यक सुरक्षा तथा सहयोगार्थ लाग्न सो निर्देशन दिएकी हुन्।

बंगलादेशमा नेपाली विद्यार्थीलगायत सबै नेपाली सुरक्षित रहेको बंलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले जानकारी गराए।

मन्त्री डा. राणाले धेरै नेपाली विद्यार्थी स्वदेश फर्किसकेको भए पनि त्यहाँ बाँकी रहेकाहरूको सुरक्षाका लागि उनीहरूको सम्पर्कमा रहेर आवश्यक समन्वय गर्न दूतावासलाई निर्देशन दिइन् ।

प्रकाशित मिति: १६:४५ बजे, सोमबार, साउन २१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्